प्रधानमन्त्री ओली भन्छन् : पार्टी टुक्राउने र भत्काउनेजस्ता खुद्रे कुरा यो सरकारको मेन्युमा छैन 

माघ १८, २०८१

कान्तिपुर संवाददाता

Prime Minister Oli says: Small things like breaking up and destroying the party are not on the menu of this government

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राजनीतिक दल ट्क्य्राउने अध्यादेश नल्याउने बताएका छन् । प्रधानमन्त्री ओलीले वर्तमान सरकार यस्ता खुद्रे कुरामा नलाग्ने पनि बताए ।  प्रतिनिधिसभाको पाँचौँ अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कांग्रेस र एमालेसहितको बलियो सरकारको प्राथमिकता विकास निर्माण र स्थायित्व भएको पनि उनको भनाइ थियो ।

वर्तमान सरकार केही पार्टी फुटाउन लागिपरेको भन्ने आरोप लागिरहेका बेला प्रधानमन्त्री ओलीले भने, ‘पार्टी टुक्राउने, भत्काउने जस्ता खुद्रे कुराहरू यो सरकारको मेन्युमा छैन’ उनले विपक्षी दलहरुलाई आग्रह गर्दै भने, ‘ढुक्क हुनुहोस्, कांग्रेस एमालेको सहितिको बलियो सरकारको प्राथमिकता यस्तो हुन सक्दैन ।’

त्यस्तै वर्तमान सरकार २०८४ सालसम्मै टिक्ने उल्लेख गर्दै 'सरकार ढल्यो ढल्यो' भनेर गीत नगाउन पनि प्रधानमन्त्री ओलीले विपक्षी दलहरू र नेताहरूलाई आग्रह गरे । उनले विपक्षीले सरकार ढल्नै लाग्यो भनेर गीत नगाउन आग्रह गरे ।

कान्तिपुर

Link copied successfully