वातावरणीय लेखापरीक्षण कानुन माग गर्दै जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

माघ १६, २०८१

कान्तिपुर संवाददाता

Registration of proposals of urgent public importance demanding environmental audit legislation

काठमाडौँ — एमाले सचेतक सुनिता बराल प्रस्तावक रहेको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव संघीय संसद्, प्रतिनिधिसभामा दर्ता भएको छ । उक्त प्रस्तावमा नेपालमा वातावरणीय लेखा परीक्षण कानुन निर्माण गर्नुपर्ने उल्लेख छ । 

एमाले सचेतक बराल प्रस्तावक रहेको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावको प्रतिनिधिसभामा रहेका पाँच ठूला दलका सांसदहरूले समर्थन जनाएका छन् । त्यसरी समर्थन जनाउनेमा कांग्रेस सांसद प्रतिमा गौतम,  एमालेका ठाकुरप्रसाद गैरे, माओवादी केन्द्रका सांसद माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक निशा डाँगी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सचेतक सांसद बिना लामा छन् । 

प्रस्तावमा नेपालका उच्च वातावरणीय जोखिम भएका उद्योगहरूलाई अनिवार्य वातावरणीय लेखापरीक्षण गर्ने व्यवस्था लागु गर्नुपर्ने उल्लेख छ । सिमेन्ट, इटा, बालुवा, ढुंगा उत्खनन उद्योगमा वातावरणीय लेखापरीक्षण अनिवार्य रहेको प्रस्तावमा भनिएको छ । 

नेपालमा पर्यावरण कानुनका संरचना भएपनि वातावरणीय लेखापरीक्षणको कानुनी संचरना नभएकाले त्यसको पूर्ति गर्नुपर्ने प्रस्तावमा भनिएको छ । 'दिगो विकास र वातावरणीय संरक्षणको सिद्धान्तहरूमा आधारित कानुनी संरचनाको आवश्यकता तत्कालै देखिन्छ । जसमा वातावरणीय संरक्षण र आर्थिक विकासबीच सन्तुलन कायम राख्न र उद्योगहरूको उत्तरदायित्व सुनिश्चित गर्न कानुनी सरचना निर्माण गर्नु अत्यावश्यक छ,' प्रस्तावमा उल्लेख छ । 

महालेखा परीक्षकको कार्यालयले तयार पारेको मार्गदर्शकले वातावरणीय लेखापरीक्षणको प्रक्रियालाई परिभाषित गरेको भएपनि विधायिकी कानुनले निर्देश र विस्तार गर्न आवश्यक रहेको पनि प्रस्तावमा उल्लेख छ । 

Registration of proposals of urgent public importance demanding environmental audit legislation

Registration of proposals of urgent public importance demanding environmental audit legislation

Registration of proposals of urgent public importance demanding environmental audit legislation

कान्तिपुर

Link copied successfully