नेकपा एसका स्थायी कमिटी सदस्य शर्माको निधन

माघ १०, २०८१

प्रकाश बराल

CPN S Standing Committee Member Sharma passed away

बागलुङ — नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका अध्यक्ष रामजीप्रसाद शर्माको निधन भएको छ । 

भारतमा मिर्गौला प्रत्यारोपण गर्ने क्रममा उनलाई हृदयघात भएको शर्माकी पत्नि सीताले बताइन् । मंगलबार प्रत्यारोपण सकेसँगै हृदयघात भएका कारण उनको निधन भएको हो । शर्माको बागलुङ नगरपालिका-१ स्थित निरयघाटमा बिहीबार दाहसंस्कार गरिएको छ । 

पूर्वप्रधानमन्त्री तथा नेकपा एसका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले शर्माको निधनमा अन्तिम श्रद्धाञ्जली दिए । छोरा शिशिरले शर्मालाई दागबत्ती दिएका थिए । निरयघाटमा आयोजित श्रद्धाञ्जलीसभामा नेकपा एसका केन्द्रीय सचिव श्रीनाथ बराल, केन्द्रीय सदस्यहरु, गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठक र सदस्यहरुसमेत उपस्थित थिए । 

बागलुङको साविक मालिका गाविस र हाल बागलुङ नगरपालिका-५  घर भएका शर्मा जिल्लाको विकास निर्माणमा अत्यत्न सक्रिय र सकारात्मक थिए । २०५४ र पहिलो संविधानसभामा बागलुङ-१ बाट एमालेबाट विजयी शर्मा उर्जा राज्यमन्त्रीसमेत भएका थिए । 

२०७७ सालपछि उनी नेकपा एसमा आबद्ध थिए । शर्माका श्रीमती, दुई छोरा, एक छोरी छन् । 

प्रकाश बराल बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully