अब सशस्त्र प्रहरीले १६ वर्षमा अवकाश पाउने : गृहमन्त्री लेखक

माघ ९, २०८१

विवेक पोख्रेल

Now armed police will retire in 16 years: Home Minister Author

काठमाडौँ — नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरीले १६ वर्षमा अवकाश पाउने विषय कानुनमा समावेश गरिएको बताएका छन् ।

२४ औं सशस्त्र प्रहरी दिवसको अवसरमा बुधबार सशस्त्र प्रहरी बलको केन्द्रीय कार्यालय हल्चोकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘म गृह मन्त्रालयको जिम्मेवारीमा आएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई नीतिगत र कानुनी स्थिरतामार्फत थप प्रभावकारी, व्यावसायिकता र वृद्धि विकासलाई सुनिश्चित गर्ने कुरालाई जोड दिँदै आएको छु,’ उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यूलगायत सबैको सहयोगमा सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानुनलाई केही दिनभित्र विधेयकका रूपमा संघीय संसदमा दर्ता गर्ने सबै तयारी भई अन्तिम रुप दिइसकेका छौं र हामी केही दिनमा संसदमा दर्ता गर्ने छौं ।’

सशस्त्र प्रहरीले लामो समयदेखि उठाउँदै आएको १६ वर्षमा अवकाशमा जान पाउने विषयलाई कानुनमा उल्लेख गरिएको पनि उनले बताए ।

विवेक पोख्रेल विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully