कोशी प्रदेश सभापति थापामाथि भएको आक्रमणप्रति कांग्रेसको घोर निन्दा

माघ ६, २०८१

कान्तिपुर संवाददाता

Congress strongly condemns the attack on Koshi state president Thapa

काठमाडौँ — नेपाली कांग्रेसले पार्टीका कोशी प्रदेश सभापति एवम् प्रदेशसभा संसदीय दलका नेता उद्धव थापामाथि भएको आक्रमणप्रति घोर निन्दा र भत्र्सना गरेको छ ।

प्रदेश सभापति थापामाथि शनिबार गृहजिल्ला झापामा नेपाल प्रेस युनियनको कार्यक्रममा सहभागी भएर फर्किदै गर्दा सुरुङ्गानजिकै केही व्यक्तिहरूले आक्रमण गरेका गरेका थिए । उनको निधारमा चोट लागेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले थापामाथि भएको आक्रमणको निन्दा र भत्र्सना गर्दै अराजक र आपराधिक कार्यमा संलग्नहरूलाई कारबाहीको माग गरेका छन् । 

कान्तिपुर संवाददाता

Link copied successfully