संसद् भवनमा विपक्षी दलहरूको बैठक सुरु, बैठकलगत्तै संयुक्त पत्रकार सम्मेलन गर्ने

माघ ४, २०८१

कान्तिपुर संवाददाता

The meeting of the opposition parties will begin in the Parliament building, and a joint press conference will be held after the meeting

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको कार्यकक्षमा विपक्षी दलहरूको बैठक सुरु भएको छ ।

बैठकमा माओवादीसहित नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी र आम जनता पार्टीका नेता सहभागी छन् । 

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको, संसद् अधिवेशन नबोलाइ विभिन्न अध्यादेश ल्याएको लगायतका विषयमा छलफल गर्न विपक्षी दलहरूको बैठक बसेको हो ।

बैठकले सरकारविरुद्ध रणनीति बनाउने नेताहरूले बताएका छन् । बैठकलगत्तै ल्होत्से हल, संसद् भवनमा संयुक्त पत्रकार सम्मेलनसमेत हुँदैछ । 

कान्तिपुर संवाददाता

Link copied successfully