जलवायु न्यायका लागि सगरमाथा संवाद : वनमन्त्री शाही  

माघ ४, २०८१

कान्तिपुर संवाददाता

Everest Dialogue for Climate Justice: Forest Minister Shahi

काठमाडौँ — वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु न्यायसम्बन्धी विषय अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउने उद्देश्यले सगरमाथा संवाद आयोजनाको तयारी गर्न लागिएको बताएका छन् । 

राष्ट्रिय मानव अधिकार आयोगले शुक्रबार आयोजना गरेको स्वच्छ वायु अधिकार र जलवायु न्यायसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको तयारी बैठकमा मन्त्री शाहीले उक्त भनाइ राखेका हुन् । 

कार्यक्रममा मन्त्री शाहीले उपलब्ध अवसरहरू र स्वच्छ प्रविधिको उपयोग गरेर नेपालले अन्य देशले गरेका गल्ती नदोहोर्‍याई दिगो विकासको मार्ग अपनाउन सक्छ भन्ने विषयमा जोड दिए ।

सो अवसरमा मन्त्री शाहीले हाल वन मत्रालयको समन्वयमा अन्य मन्त्रालयको सहभागितमा जलवायु परिवर्तनसम्बन्धी १० वर्षे योजना राष्ट्रिय निर्धारित योगदान (एनडीसी) बनाउने तयारीमा रहेको जानकारीसमेत गराए ।

कान्तिपुर

Link copied successfully