ट्राफिक प्रहरीको उद्देश्य सवारी चालकलाई कारबाही गर्ने होइन : ट्राफिक प्रहरी प्रमुख घिमिरे

माघ ३, २०८१

कान्तिपुर संवाददाता

The purpose of the traffic police is not to punish drivers: Traffic police chief Ghimire

काठमाडौँ — काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले ट्राफिक प्रहरीको उद्देश्य सवारी साधन चालकलाई कारबाही गर्ने नभएको बतामएका छन् ।

बिहीबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यलयद्वारा आयोजित परिचयात्मक कार्यक्रममा प्रमुख घिमिरेले ट्राफिक प्रहरीले सवारी चालकहरूलाई जिम्मेवार बनाउनको लागि मात्रै कारबाही गर्नुपरेको धारणा राखेका थिए । पछिल्लो समय समयक्रमअनुसार सवारी साधनलाई गरिने कारबाही फरक भएको उनको भनाइ थियो । 

ट्राफिक प्रहरीले विगतमा धेरै सवारी साधनलाई कारबाही गर्दा राम्रो काम गरेको देखाउनको लागि भएपनि गर्ने गरिने भएपनि अहिले कमी भएको प्रमुख घिमिरेको भनाइ थियो । ट्राफिक प्रहरीले कारबाही प्राथमिकतामा नभएको पनि उनको भनाइ थियो ।

‘पछिल्लो समय समयक्रम अनुसार सवारी साधनलाई गरिने कारबाही फरक भएको छ । ट्राफिक प्रहरीले विगतमा धेरै सवारी साधनलाई कारबाही गर्दा राम्रो काम गर्‍यो भन्ने हुन्थ्यो । अहिले ट्राफिक प्रहरीले कारबाहीलाई प्राथमिकता दिएको छैन । ट्राफिक सचेतना तथा सडक सुरक्षा शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं । ट्राफिक प्रहरीले प्रविधिलाई जोड दिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यलयमा बसेर सवारी साधनलाई कारबाही गरिरहेका हुन्छौं । सडक लेनको कारबाहीमा परेका चालकहरूले लिने कक्षालाई पनि अनलाइन बनाउने तयारी गरिरहेका छौं,' उनले भने, 'हाम्रो उद्देश्य कारबाही गर्ने होइन । सवारी चालकलाई जिम्मेवारी बनाउनको लागि कारबाही गरिरहेका छौं । जिम्मेवारी सवारी चालक र सञ्चालकहरुले पनि लिन आवश्यक छ ।’  

कान्तिपुर

Link copied successfully