सरकारले संसद् नबोलाई अध्यादेश ल्याएकोमा प्रतिपक्षी दलले सशक्त विरोध गर्ने

माघ २, २०८१

कान्तिपुर संवाददाता

The opposition party will strongly oppose the government's introduction of an ordinance not to convene the parliament

काठमाडौँ — सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको प्रतिपक्षी दलहरूको बैठकले सरकारले संसद् नबोलाई अध्यादेश ल्याएकोमा सशक्त विरोध गर्ने निर्णय गरेको छ । सरकारले 'थ्रेसहोल्ड' बढाउने गरी कानुन संशोधन गर्न लागेको र संसद् बन्द राखेर अध्यादेशमार्फत् कानुनहरू संशोधन गरिरहेकोमा विरोधमा रहेका विपक्षी दलहरू बुधबार बिहान एकै ठाउँमा जुटेका थिए ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार विपक्षी दलका नेताहरू सरकारले संसद् छलेर अध्यादेश ल्याएकोमा सशक्त विरोध गर्ने विषयमा एकजुट भएका छन् ।

पाण्डेका अनुसार बैठकमा संसद्मा रहेको आर्थिक उत्तरदायित्वसम्बन्धी विधेयकमाथि छलफल हुँदाहुँदै यही विधेयक अध्यादेर्शमार्फत ल्याउनु सरकार संसद्लाई कमजोर बनाउने खेलमा लागेको भन्दै छलफल भएको थियो । उनले भने, 'यदि सरकारले संसद् बोलाएन भने संसद्को विशेष अधिवेशन बोलाउन माग गर्ने विषयमा पनि छलफल भयो ।' 

बैठकमा सरकारविरुद्ध रणनीति बनाउने नेताहरूले बताएका छन् । बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, रास्वपाका कार्यवाहक सभापति डिपी अर्याल, राप्रपाका बुद्धिमान तामाङ, प्रभु साह, महेन्द्रराय यादव, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू सहभागी थिए ।

कान्तिपुर

Link copied successfully