रवि लामिछानेको मुद्दामा आजै आदेश आउने [अपडेट]

माघ २, २०८१

कान्तिपुर संवाददाता

Order to come today in Ravi Lamichhane's case [Update]

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेको काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनसम्बन्धी मुद्दामा आजै आदेश आउने भएको छ । सरकारवादी पक्ष र लामिछाने पक्षका वकिलहरूले बहस सकिएसँगै यो मुद्दामा आदेश आउने भएको हो ।

यो मुद्दामा मंगलबार सरकारी वकिलको कार्यालयका तर्फबाट बहस सकिएको थियो । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम ठगी मुद्दामा बिहीबार कास्की जिल्ला अदालतबाट धरौटीमा छुटेका लामिछाने आइतबार बिहान काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए  ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अदालतको आदेशसँगै उनी ८४ दिनपछि हिरासतमुक्त भएका थिए ।

लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी, चितवनको साहारा चितवन र पर्साको सानो पाइला सहकारीमा पनि ठगी आरोपमा मुद्दा दर्ताको तयारी भइरहेको छ ।

कान्तिपुर

Link copied successfully