अधिवक्ता त्रिपाठीमाथि अदालत परिसरमै हातपात

प्रहरी भन्छ - धकेलाधकेल मात्रै हो

माघ २, २०८१

कान्तिपुर संवाददाता

Lawyer Tripathi was assaulted in the court premises

काठमाडौँ — वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि बुधबार काठमाडौं जिल्ला अदालत परिसरमै हातपात भएको छ । स्वर्णलक्ष्मी सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी पक्षमा तर्फबाट बहस गरेर फर्किने क्रममा उनीमाथि हातपात भएको हो ।

त्यसलगत्तै उनलाई प्रहरीले सुरक्षित स्थानतर्फ लगिएको थियो । अधिवक्ता त्रिपाठीले काठमाडौं जिल्ला अदालतमा स्वर्णलक्ष्मी सहकारीपीडितका तर्फबाट बहस गरेका थिए । 

काठमाडौं जिल्ला अदालतमा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा भएको थुनछेक बहसका क्रममा बुधबार प्रतिवादीका तर्फबाट सरकारी वकिलहरुले जवाफी बहस गरेका थिए । 

प्रहरीले भने अधिवक्ता त्रिपाठीमाथि हातपात नभएको दाबी गरेको छ । 'स्वर्णलक्ष्मी सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी पक्षमा तर्फबाट बहस गरेर फर्किने क्रममा उहाँमाथि भिडभाडतिर जानुभएछ । त्यसपछि धक्काधक्की भएको हो,' जिल्ला प्रहरी प्रवक्ता एसपी नवराज अधिकारीले भने, 'डीएसपीको कमाण्डमा हाम्रो टोली त्यही छ ।'

Lawyer Tripathi was assaulted in the court premises

Lawyer Tripathi was assaulted in the court premises

कान्तिपुर

Link copied successfully