इतिहासबाट पाठ सिकेर भूकम्पप्रतिरोधी संरचना बनाउन आवश्यक छ : उपप्रधानमन्त्री सिंह 

माघ २, २०८१

कान्तिपुर संवाददाता

It is necessary to learn lessons from history and make earthquake resistant structures: Deputy Prime Minister Singh

काठमाडौँ — उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले इतिहासबाट पाठ सिकेर भूकम्प प्रतिरोधी संरचना बनाउन आवश्यक रहेको बताएका छन्। 

बुधबार कीर्तिपुरस्थित बीपी कोइराला मेमोरियल विज्ञान संग्रहालयमा आयोजित २७ औं भूकम्प सुरक्षा दिवस कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

'भूकम्पबाट जोगिन भूकम्पप्रतिरोधी घर बनाउनुपर्छ,' उनले भने, 'यसमा सबैको सहयोग र साथ आवश्यक छ ।' 

उनले अब बन्ने संरचना बलियो छन् भन्ने सन्देश दिन आवश्यक रहेको बताए । यसका लागि राष्ट्रिय भवन संहिताको पालना गर्नुपर्ने उनले जोड दिए । 

भूकम्प दिवसको अवसरमा भूकम्पले सिकाएको पाठ: बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ भन्ने नाराका साथ कीर्तिपुर नगरपालिकाले कार्यक्रम आयोजना गरिएको हो । 

१९९० साल माघ २ गतेको गएको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाइने गरिएको छ ।

कान्तिपुर

Link copied successfully