विपद् न्यूनीकरणका लागि नयाँ प्रविधिको प्रयोगमा जोड दिइने छ : गृहमन्त्री लेखक 

माघ २, २०८१

कान्तिपुर संवाददाता

Emphasis will be placed on the use of new technology for disaster reduction: Home Minister, Author

काठमाडौँ — गृहमन्त्री रमेश लेखकले भूकम्प तथा विपद् न्यूनीकरणका लागि नयाँ प्रविधिको प्रयोगमा जोड दिइने बताएका छन् । 

बुधबार कीर्तिपुरस्थित बिपी कोइराला मेमोरियल विज्ञान संग्रहालयमा आयोजित २७ औं भूकम्प सुरक्षा दिवस कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

'सरकारमा यसको कुनै कमी रहने छैन,' उनले भने, 'आगामी दिनमा भूकम्प प्रतिरोधी संरचनालाई थप प्रभावकारी बनाइनेछ ।' 

उनले बहुप्रकोपीय सूचना प्रणाली र तालिम केन्द्रलाई सरकारले प्राथमिकतामा राख्ने बताए ।  

भूकम्प दिवसको अवसरमा कीर्तिपुर नगरपालिकाले आयोजना गरेको राष्ट्रिय मूल समारोह कार्यक्रम आयोजना गरेको हो । 

१९९० साल माघ २ गतेको गएको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाइने गरिएको छ ।

कान्तिपुर

Link copied successfully