केही समयपछि हिमालको उचाइ नाप्यौँ भने बढेको पाइनेछ : प्रधानमन्त्री ओली 

माघ २, २०८१

कान्तिपुर संवाददाता

After some time, if we measure the height of the mountain, we will find that it has increased: Prime Minister Oli

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले केही वर्षपछि नेपालका हिमालको उचाइ मापन गरे त्यो बढेको पाइने बताएका छन् । नेपालका हिमालयन रेन्जभित्र हुने इन्डियन प्लेट र युरेसिया प्लेटको ठक्करका कारण हिमालहरू उठिरहेको बताएका हुन् । 

बुधबार कीर्तिपुरस्थित बीपी कोइराला मेमोरियल विज्ञान संग्रहालयमा आयोजित २७ औं भूकम्प सुरक्षा दिवस कार्यक्रममा उनले यस्तो बताएका हुन् । 'हाम्रो धर्तीभित्र भयानक ऊर्जा छ,' उनले भने, 'केही समयपछि हिमाल नाप्यौँ भने हिमालको उचाइ बढ्नेछ ।' 

यसैगरी उनले माघ महिना सम्झना महिनाकै रूपमा रहेको बताएका छन् । उनले १९९० साल माघ २ गतेको गएको महाभूकम्पको दिनलाई आज सम्झिरहेको बताए । 

साथै प्रधानमन्त्री ओलीले भूकम्प प्रतिरोधी घर बनाए चाँडै नढल्ने र भूकम्प प्रतिरोधी संरचना बनाउन जोड गरे । 

भूकम्प दिवसको अवसरमा कीर्तिपुर नगरपालिकाले आयोजना गरेको राष्ट्रिय मूल समारोह कार्यक्रम आयोजना गरिएको हो । २०५५ सालदेखि यो दिवस मनाइने गरिएको छ ।

कान्तिपुर

Link copied successfully