'स्काइवाक' टावरमा योगाभ्यास

माघ १, २०८१

कान्तिपुर संवाददाता

Yoga practice at the 'Skywalk' tower

काठमाडौँ — काठमाडौँको कमलादिस्थित ‘स्काइवाक टावर’मा मंगलबार विभिन्न कार्यक्रम गरी दसौँ राष्ट्रिय योग दिवस मनाइएको छ । स्काइवाक, अष्टाङ्गयोग, योगभूमि, विश्व शान्ति ध्यान केन्द्रको संयुक्त आयोजनामा टावरको २ सय ५६ फिटमाथिको स्काइवाकमा योगाभ्याससँगै योगबारे चर्चा गरिएको हो ।

‘स्काइवाक टावर’का प्रबन्ध निर्देशक विष्णुहरि पाण्डेका अनुसार साहसिक योगाभ्यासको विकास गर्ने उद्देश्यले ‘स्काइवाक टावर’मा योग दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा अष्टाङ्गयोग, कीर्तिपुर योग समाज, तारकेश्वर योग केन्द्र, अनामनगर महिला योग समाज तथा योग भूमिका करिब एक सय ५० जनाको सहभागिता रहेको स्काइवाक टावरका प्रमुख कार्यकारी अधिकृत रोहित ज्ञवालीले बताए । Yoga practice at the 'Skywalk' tower

'दसौँ राष्ट्रिय योग दिवसका अवसरमा स्काइवाकमा योगाभ्यास गरेका छौँ । अब हरेक साता स्काइवाकमा योगाभ्यासलाई निरन्तरता दिइनेछ,' उनले भने । योग शिक्षालाई सबै तहमा अझ फराकिलो बनाउँदै नागरिकलाई स्वस्थ बनाउने विषयलाई आफूहरुले प्राथमिकतामा राखेको ज्ञवालीले बताए । Yoga practice at the 'Skywalk' tower

यस्ता कार्यक्रमले योगका आयामलाई सन्तुलित राख्दै जीवनपद्धतिका रूपमा विकसित गर्ने विश्व शान्ति ध्यान केन्द्रका योग गुरु स्वामी कल्याणले विश्वास व्यक्त गरे । योग साधनालाई आफूलाई आफैले बुझ्ने परम साधनका रुपमा बुझ्नुपर्ने उनको भनाइ छ ।

मंगलबारको योगाभ्यासका क्रममा १ सय ८ पटक सूर्य नमस्कार गरिएको थियो । महिला तथा  पुरुषहरुको उल्लेख्य सहभागिता रहेको योगाभ्यासमा बिहान ६ बजेदेखि ९ बजेसम्म चलेको थियो ।Yoga practice at the 'Skywalk' tower

कान्तिपुर संवाददाता

Link copied successfully