काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा विभिन्न चारवटा अध्यादेश जारी गरेका छन् । मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिसमक्ष पाँच अध्यादेश सिफारिस गरेकामा चार अध्यादेश जारी भएका हुन् ।
राष्ट्रपति कार्यकालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार सोमबार चार अध्यादेश जारी भएका हुन् । जसमा ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन), अध्यादेश २०८१’, निजीकरण (पहिलो संशोधन), अध्यादेश २०८१’ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१’ जारी गरेका हुन् ।
राष्ट्रपतिले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशलाई भने जारी गरेका छैनन् । उक्त अध्यादेश अध्ययनका क्रममा रहेकाले चारवटा मात्रै जारी गरेको बताइएको छ ।
