सरकारले जनतामा आशा जगाउन सकेन : शशांक कोइराला

पुस २८, २०८१

दुर्गालाल केसी

Government failed to instill hope in people: Shashank Koirala

दाङ — कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले सरकारले जनतामा आशा जगाउन नसकेको बताएका छन् । घोराहीमा आइतबार आयोजित कांग्रेसका अगुवा कार्यकर्ताहरूसँगको भेटमा कोइरालाले कांग्रेस र एमाले मिलेर सरकार बनाउँदा जनतामा उत्साह भए पनि ६ महिनाको बीचमा जनतामा निराशा छाउँदै गएको बताए ।

अध्यादेशबाट सरकार सञ्चालन गर्नु विडम्बनापूर्ण भएको बताउँदै उनले कांग्रेसका जिम्मेवार पदाधिकारी संसद्लाई छलेर अध्यादेशबाट सरकार सञ्चालन गर्ने कुरामा साक्षी बसेको आरोप लगाए ।

'ठूला दल मिलेको सरकारले जनतामा जति आशा जगाउनु पर्थ्यो त्यति काम हुन सकेन । आशा गरेका पार्टीले सरकारमा पुगेर भने जस्तो काम नगरेपछि जनतामा निराशा बढेको छ,' उनले भने । 

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully