काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई पृथ्वी जयन्तीको निम्ता दिएका छन् ।
माओवादीको संसदीय दलको कार्यालय सिंहदबारमा दाहाल र नेपालले अनौपारिक रुपमा छलफल गरिरहेका बेला लिङ्देनले एकैपटक निम्ता दिएका हुन् । ‘उहाँहरु बसिरहनु भएको रहेछ, म त्यहाँ गएर दुवै नेतालाई एकैपटक पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा सहभागी हुन निम्ता दिएँ,’ उनले भने, ‘दुवै नेताहरुले आउँछौं भन्नुभयो ।’ राप्रपाले पुस २७ मा एकता पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउँदै आएको छ ।
उनले अनौपचारिक रुपमा सामान्य राजनीतिक समीक्षा भएको बताए । ‘हामी पनि प्रतिपक्ष, उहाँहरु प्रतिपक्षमा हुनुहुन्छ,’ उनले भने, ‘सामान्य राजनीतिक कुराकानी हुनु स्वाभाविक हो ।’
