दुम्कीबास पुल भाँचिएपछि डाइभर्सन बनाइँदै, विकल्प होङ्सी मार्ग

पुस २६, २०८१

नारायण शर्मा

Diversion being made after Dumkibas bridge collapse, alternative Hongsi route

नवलपरासी पूर्व — पूर्व-पश्चिम राजमार्गअन्तर्गत दुम्कीबासमा पुल भाँचिएर सडक अवरुद्ध भएपछि डाइभर्सन निर्माण गर्न थालिएको छ । शुक्रबार साँझ साढे ५ बजे अत्यधिक भारसहितको ट्रकका कारण पुल भाँचिएपछि पूर्व-पश्चिम राजमार्गमा यातायात ठप्प भएको हो ।

नवलपरासी पूर्वका  प्रमुख जिल्ला  अधिकारी  अरुण पोखरेलले  वैकल्पिक बाटो बनाएर यातायात सञ्चालन गर्ने तयारी भइरहेको बताए । 'केही समय लाग्छ, हामी विकल्प खोज्दैछौं,' उनले भने । 

डाइभर्सन बनाउन कम्तीमा शनिबार दिउँसोसम्म लाग्न सक्ने पोखरेलले बताए । सडक डिभिजनको टोली फिल्डमा खटिसकेको  उनले बताए । 

विकल्प होङ्सी मार्ग

दुम्कीबासमा पुल भाँचिएपछि वैकल्पिक सडकका रूपमा होङ्सी मार्ग प्रयोग गर्न सकिने भएको छ । दुम्कीबासबाट होङ्सी मार्ग हुँदै करिब १२ किलोमिटरको यात्रा गरेपछि पूर्व-पश्चिम राजमार्गमा निस्कन सकिन्छ । पुलपारिबाट उत्तरतर्फ गएर होङ्सी मार्ग हुँदै निस्कँदा पुलको करिब डेढ किलोमिटर पूर्व निस्किन्छ 

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully