भूकम्पले त्रिविको बीबीएस पहिलो वर्षको परीक्षा प्रभावित, ढिला भएको समय थप गरिने

पुस २३, २०८१

कान्तिपुर संवाददाता

Tertiary BBS first year exam affected by earthquake, delayed time will be extended

काठमाडौँ — मंगलबार बिहान तिब्बतको दिंग्री काउन्टी  केन्द्रबिन्दु भएर गएको भूकम्पले त्रिभुवन विश्वविद्यालयको परीक्षासमेत केहीबेर प्रभावित बनेको छ । मंगलबार बिहान ७ बजेदेखि १० बजेसम्म बीबीएस पहिलो वर्षको एकाउन्ट विषयको परीक्षा चलिरहेको छ ।

परीक्षा सुरु नहुँदै नेपाली समयअनुसार ६ बजेर ५० मिनेट जाँदा भूकम्पको धक्का महुसस भएपछि परीक्षार्थीहरू परीक्षाहलबाट बाहिर निस्किएका थिए । त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार विद्यार्थीहरूले परीक्षा केन्द्रमा गएर आफ्नो सिट प्लानिङ हेर्ने क्रममै भूकम्प आएपछि धेरै जना बाहिर निस्किएका थिए ।

त्यसकारणले काठमाडौं र तराईका धेरै जिल्लामा परीक्षा तोकिएको समयभन्दा ७ देखि १५ मिनेट ढिला भएको जानकारी आएको परीक्षा नियन्त्रक जोशीले जनाए । ढिला सुरु भएका केन्द्रमा सोहीअनुसार समय थप गरिने पनि जोशीले बताए ।

त्यस्तै त्रिविका रजिस्ट्रार केदार रिजालले परीक्षा ढिला सुरु भएका केन्द्रलाई नै समय थपबारे निर्णय गर्नेगरी अधिकार दिन परीक्षा नियन्त्रक जोशीलाई निर्देशन दिएको बताए । 

कान्तिपुर संवाददाता

Link copied successfully