सार्वजनिक यातायातको भाडा बढ्यो [भाडादरसहित]

डिलक्सले २० प्रतिशत थप भाडा लिन सक्ने

पुस २२, २०८१

विवेक पोख्रेल

Public transport fares hiked [including fares]

काठमाडौँ — सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । सोमबारदेखि लागू हुने गरी नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरको सहमतिमा अन्तरप्रदेश सार्वजनिक यातायातका सवारी साधनका यात्रुवाहक र मालवाहक सवारी साधनको भाडादर समायोजन गर्दै भाडा बढाइएको हो । 

यातायात व्यवस्था विभागले सार्वजनिक यातायात सञ्चालनसँग सम्बन्धित लगानी तथा खर्च सम्बन्धमा बजार अध्ययन गरेर श्रमिकहरूको पारिश्रमिक, इन्धन, टायर, ब्याज, सञ्चालन खर्च, ह्राककट्टी र सञ्चालन मुनाफालगायतका मुख्य सूचकहरूमा भएको मूल्यवृद्धिलाई ध्यानमा राख्दै नयाँ भाडादर लागू गरिएको बताएको छ । 

२०७२ को संविधानले सार्वजनिक यातायात व्यवस्था ऐन २०४९को अधिकार प्रयोग गर्दै दुई वा सोभन्दा बढी प्रदेश भई  राष्ट्रियस्तरका सार्वजनिक यातायातका रुटमा सञ्चालन हुने सार्वजनिक सवारी साधनमा नयाँ भाडादर आजदेखि ( २०८१ पुस २२) लागू हुने गरी समायोजन भएको हो ।

जसअनुसार  यात्रुवाहक सवारी साधनमा ३.३० प्रतिशत वृद्धि हुँदा पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनमा ०.८१ प्रतिशत र तराई मार्गमा सञ्चालन हुने मालवाहक सवारी साधनमा ०.०५ प्रतिशत वृद्धि भएको छ। 

नयाँ भाडादर सबै अन्तरप्रदेश छोटो, मध्यम र लामो दूरीका सार्वजनिक यातायातका रूटमा लागू हुनेछ। यसबाहेक तोकिएको भाडामा डिलक्स र  सुपर डिलक्स सुविधा लिएका सार्वजनिक सवारी साधनले २० प्रतिशतसम्म थप भाडा लिन सक्ने छन् । विभागका अनुसार यसका लागि ब्लू बुकमा डिलक्स सुविधा लिएको उल्लेख हुनुपर्ने प्रावधान राखिएको छ।

कहाँको भाडा कति ? 

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully