आज दिनभर देश-दुनियाँमा के-के भयो ?

पुस २१, २०८१

कान्तिपुर संवाददाता

What happened in the country and the world today?

काठमाडौँ — आज देश-दुनियाँमा स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना आरोपमा रवि लामिछानेसहित ३९ विरुद्ध काठमाडौंमा मुद्दा दर्ता,वायुसेवा सञ्चालकले खुम्बु क्षेत्रमा गरे उडान स्थगनदेखि जनताले अपेक्षा गरेअनुसार काम गर्न नसकेको एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वीकारसम्मका समाचार चर्चामा रहे । 

०००

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा रवि लामिछानेसहित ३९ जना विरुद्ध मुद्दा दर्ता भएको छ । प्रहरीको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा आइतबार मुद्दा दर्ता गरेको हो ।

स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनाको आरोपमा रवि लामिछानेसहित ३९ विरुद्ध काठमाडौंमा मुद्दा दर्ता  

सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने खुम्बु पासाङ ल्हामु गाउँपालिकालगायतका स्थानीय समूहले धम्की दिएको भन्दै वायुसेवा सञ्चालक संघले त्यस क्षेत्रमा हुने सबै हेलिकोप्टर तथा जहाजका उडान अनिश्चितकालका लागि स्थगन गरेको छ । संघका प्रथम उपाध्यक्ष प्रतापजंग पाण्डेका अनुसार, आइतबारदेखि त्यस क्षेत्रमा हुँदै आएका उद्धार, चार्टर तथा व्यावसायिक उडान स्थगन भएका हुन् ।

स्थानीय समूहको धम्कीपछि वायुसेवा सञ्चालकले खुम्बु क्षेत्रमा गरे उडान स्थगन

 

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकारको कामहरू सकारात्मक भए पनि पर्याप्त नभएको बताएका छन् । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले केन्द्रीय कमिटीको आठौं बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै जनताले अपेक्षा गरेअनुसारको काम गर्न नसकेको स्वीकार गरेका हुन् । 

एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीको प्रतिवेदन : सरकारका काम पर्याप्त छैनन् 

ट्रेजरी बिलमार्फत सरकारले मंगलबार ८ अर्ब रुपैयाँबराबर आन्तरिक ऋण उठाउन लागेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सूचना जारी गर्दै ट्रेजरी बिलमार्फत ८ अर्ब रुपैयाँ उठाउन लागेको जनाएको हो ।

ट्रेजरी बिलमार्फत सरकारले ८ अर्ब आन्तरिक ऋण उठाउँदै

इजरायली सेना (आईडीएफ) ले गाजा क्षेत्रमा गरेको आक्रमणमा पछिल्लो तीन दिनमा कम्तीमा २ सय जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा अधिकांश महिला तथा बालकालिका रहेका अन्तर्राष्ट्रिय सञ्चार माध्यहरूले जनाएका छन् । 

इजरायली आक्रमणमा गाजामा तीन दिनमा २०० जनाको मृत्यु  

कान्तिपुर संवाददाता

Link copied successfully