गोरखा–काठमाडौं एकीकरण मार्गमा नेपाली सेनाको पदयात्रा

पुस २१, २०८१

हरिराम उप्रेती

Nepali army march on Gorkha-Kathmandu unification route

गोरखा — गोरखा राज्य विस्तारका क्रममा पृथ्वीनारायण शाहले प्रयोग गरेको पैदलमार्गमा नेपाली सेनाले पदयात्रा सुरु गरेको छ । आइतबार गोरखा दरबार स्थत हनुमानभञ्ज्याङबाट नेपाली सेनाले यात्रा सुरु गरेको हो । यात्रा जिल्लागत रूपमा हस्तान्तरण हुँदै अघि बढ्ने नेपाली सेनाको रिपुमर्दन गणका गणपति अशोककुमार क्षेत्रीले बताए ।

आइतबार पहिलो दिन नेपाली सेनको रिपुमर्दन गणले गोरखा–धादिङ सीमाको घाटबेंसीसम्मको यात्रा गर्ने छ । आइतबार साँझ नै घाटबेंसीमा धादिङको शिवदल गणलाई यात्रा हस्तान्तरण गरिनेछ । 

Nepali army march on Gorkha-Kathmandu unification routeपृथ्वीनारायण शाहको पालामा स्थापना भएको नेपाली सेनाको पाँच प्रथम कम्पनी (श्रीनाथ, कालिबक्स, पुरानो गोरख, बर्दबहादुर र सबुज)को झण्डा सहित नेपाली सेनाले पदयात्रा सुरु गरेको हो । नेपाली सेनाका पश्चिम पृतनाका पृतनापति मधुकरसिंह कार्की, गोरखा नगरपालिकाका प्रमुख कृष्ण रानाले झण्डा र टर्च हस्तान्तरण गरी यात्राको शुभारम्भ गरेका थिए । 

Nepali army march on Gorkha-Kathmandu unification routeगोरखा, धादिङ, नुवाकोट हुँदै पुस २७ गते पृथ्वीजयन्तीका दिन काठमाडौं हनुमानढोकामा हुने विशेष समारोहमा पुगेर यात्रा टुंगिने नेपाली सेनाले जनाएको छ ।

Nepali army march on Gorkha-Kathmandu unification route

नेपाली सेनाले २०७६ सालबाट हरेक वर्ष पृथ्वी जयन्तीको अवसरमा गोरखा–काठमाडौं एकीकरण मार्गमा पदयात्रा गर्दै आएको छ । 

Nepali army march on Gorkha-Kathmandu unification route

Nepali army march on Gorkha-Kathmandu unification route

Nepali army march on Gorkha-Kathmandu unification route

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully