जनताले अझै संघीयताको अनुभूति गर्न पाएनन् : उपेन्द्र यादव 

पुस १५, २०८१

नवीन पौडेल

People have not yet realized federalism: Upendra Yadav

परासी — जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीयताको मर्मअनुसार जनताले अनुभूति गर्न नपाएको बताएका छन् ।

जनता समाजवादी पश्चिम  नवलपरासीले आयोजना गरेको संगठन निर्माण अभियानअन्तर्गत रामग्रामको  हकुईमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै यादवले यस्तो बताएका हुन् । 

सरकार परिवर्तन गरेर मात्र देशले विकास र निकास नपाउने भन्दै जनताको इच्छाअनुसार  संघीयता कार्यान्वयन हुन नसकेको बताए ।  प्रदेश स्थापना भए पनि सीमित अधिकारका कारण अझै पनि जनताले संघीयताको अनुभूति गर्न नपाएको उनको दाबी थियो ।

आमसभामा  जसपा लुम्बिनी प्रदेश अध्यक्ष रामअवतार यादवले सरकारले संविधान संशोधनमार्फत मधेसी जनताको अधिकार स्थापित गर्नु पर्ने बताए । जिल्ला अध्यक्ष धरेन्द्र यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सङगठन निर्माण अभियानको बारेमा जानकारी गराइएको थियो । 

नवीन पौडेल पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully