बीपीलाई छुटाउन जिमी कार्टरले राजा वीरेन्द्रलाई फोन गरेका थिए

‘उहाँ राष्ट्रपति छँदै बीपी कोइरालाको जेल रिहाइका लागि पहल गर्ने व्यक्ति हुनुहुन्छ,’ कांग्रेस नेता मीनेन्द्र रिजाल भन्छन्, ‘राजा वीरेन्द्रलाई फोनै गरेर उहाँले बीपीको रिहाइका लागि आग्रह गर्नुभएको थियो ।’

पुस १५, २०८१

घनश्याम खड्का

Jimmy Carter called Raja Birendra to release BP

काठमाडौँ — सय वर्षको उमेरमा सोमबार बितेका अमेरिकी पूर्वराष्ट्रपतिलाई धेरैले नेपालसँग उनको सम्बन्ध जोड्दा संविधानसभाको चुनाव गराउन र शान्ति प्रक्रियालाई अघि बढाउन पहल गर्ने व्यक्तिका रूपमा मात्रै चिन्छन् । तर, उनको नेपाल साइनो त्यसभन्दा पनि दशकौं वर्ष पुरानो हो ।

‘उहाँ राष्ट्रपति छँदै बीपी कोइरालाको जेल रिहाइका लागि पहल गर्ने व्यक्ति हुनुहुन्छ,’ कांग्रेस नेता मीनेन्द्र रिजाल भन्छन्, ‘राजा वीरेन्द्रलाई फोनै गरेर उहाँले बीपीको रिहाइका लागि आग्रह गर्नुभएको थियो, संसारमा लोकतन्त्रविरुद्ध जहाँ जे भए पनि बोल्ने मानिस हुनुहुन्थ्यो कार्टर ।’

अमेरिकाका पूर्व राष्ट्रपति कार्टरको आइतबार निधन भएको हो । कार्टर सेन्टरका अनुसार १०० वर्षीय पूर्वराष्ट्रपति कार्टरको आइतबार उनको निवासमै निधन भएको हो ।

कार्टर अमेरिकी इतिहासमा सबैभन्दा लामो समय बाँच्ने पूर्वराष्ट्रपति समेत बनेका छन् । उनी सन् १९७७ देखि १९८१ सम्म अमेरिकाको राष्ट्रपति थिए । कार्टर विभिन्न समयमा गरी ५ पटक नेपाल आएका थिए । पछिल्लो पटक २०७० सालको दोस्रो संविधान सभा चुनाव पर्यवेक्षणका लागि उनी नेपाल आएका थिए । 

घनश्याम खड्का खड्का दुई दशकभन्दा बढीदेखि पत्रकारिता गरिरहेका छन् । उनी कान्तिपुरमा कानुन, न्याय, मानवअधिकार लागयतका बिटमा लेख्छन् ।

Link copied successfully