संसदीय सुनुवाइ समितिबाट श्रीलंकाको राजदूतमा नेपाली सर्वसम्मत अनुमोदन

पुस १४, २०८१

कान्तिपुर संवाददाता

Unanimous approval of Nepali Ambassador to Sri Lanka by Parliamentary Hearing Committee

काठमाडौँ — संसदीय सुनुवाइ समितिबाट श्रीलंकाको राजदूतमा पूर्णबहादुर नेपाली सर्वसम्मतले अनुमोदन भएका छन् । संसदीय सुनुवाइ समितिको आइतबारको बैठकले श्रीलंकाको राजदूतमा नेपालीलाई सर्वसम्मतिले अनुमोदन गर्ने निर्णय गरेको समिति सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन् ।

मन्त्रिपरिषद्को मंसिर ६ गतेको बैठकले श्रीलंकाको राजदूतमा नेपालीलाई सिफारिस गरेको थियो । काठमाडौं विश्वविद्यालयको सहप्राध्यापकमा कार्यरत नेपालीलाई सरकारले श्रीलंकाको राजदूतमा सिफारिस गरेको हो । 

नेपालीलाई माल्दिभ्सको गैरआवासीय राजदूतको लागि पनि सिफारिस भएका छन् । संसदीय समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले राजदूतमा नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ । 

कान्तिपुर

Link copied successfully