साउदीबाट फर्केका अर्का एक नेपालीमा मंकीपक्स

पुस १४, २०८१

कान्तिपुर संवाददाता

Monkeypox in another Nepali who returned from Saudi Arabia

काठमाडौँ — साउदी अरबबाट फर्केका अर्को एक नेपालीमा मंकीपक्स (एमपक्स) पुष्टि भएको छ । एमपक्सको आशंका भएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आइतबार गरिएको पीसीआर जाँचमा ४४ वर्षीय ती पुरुषमा एमपक्स पुष्टि भएको जनस्वास्थ्य प्रयोगशाला स्रोतको भनाइ छ ।

एमपक्स पुष्टि भएपछि ती पुरूषलाई सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा राखेर उपचार सुरू गरिएको छ । यसअघि पनि साउदैबाट फर्किएका एक जनामा एमपक्स देखिएको थियो । टेकुमै उपचाररत उनको स्वास्थ्य अवस्था सुधार भएको छ । 

केही दिनमै डिस्चार्ज गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ । नेपालमा एमपक्स देखिएको यो तेस्रो पटक हो ।

कान्तिपुर संवाददाता

Link copied successfully