जानकी मन्दिरमा बेलायती राजदूतको वैवाहिक वर्षगाँठ

पुस १३, २०८१

अजित तिवारी

British Ambassador's Wedding Anniversary at Janaki Temple

जनकपुर — नेपालका लागि बेलायती राजदूत रब फेन र उनकी धर्मपत्नी जुलिया फेनले आफ्नो २२ औं वैवाहिक वर्षगाँठ जनकपुरको जानकी मन्दिरमा मनाएका छन् ।

शनिबार बिहान जानकी मन्दिर परिसरमा मनाइएको राजदूत दम्पतीको वैवाहिक वर्षगाँठमा स्वस्तिक वाचनसमेत गरिएको थियो । 

राजदूत फेन दम्पतीले भने नेपाली पोसाक लगाएका थिए । वैवाहिक वर्षगाँठमा जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास, मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल र जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साहलगायतको सहभागिता थियो । राजदूत फेन दम्पतीले जानकी मन्दिर माया, आस्था र विश्वासको प्रतिक रहेकाले आफूहरुले वैवाहिक वर्षगाँठ यही मनाएको बताए । 

British Ambassador's Wedding Anniversary at Janaki Temple

संघीय सरकारले जनकपुरलाई वैवाहिक स्थल(म्यारिज डेस्टिनेसन) बनाउने नीति लिएको छ । बेलायतका राजदूत फेनले नेपाल सरकारको त्यही नीतिलाई अवलम्बन गरेर आफूहरुले जनकपुरको जानकी मन्दिरमा वैवाहिक वर्षगाँठ मनाएको प्रतिक्रिया दिए ।

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully