सामूहिक बलात्कारका अभियुक्त सार्वजनिक

पुस ११, २०८१

कान्तिपुर संवाददाता

Accused of gang rape public

विराटनगर — जहदा गाउँपालिका ३ की २२ वर्षीया महिलालाई मंगलबार सामूहिक बलत्कार गरेको आरोपमा पक्राउ परेका तीन जनालाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । तीन जना अभियुक्तविरुद्ध तीन वटा मुद्दामा म्याद थप गरेर अनुसन्धान सुरु गरेको मोरङ प्रहरीले जनाएको छ।

मंगलबार बिहान शौच गएकी ती महिला दिउँसो नजिकैको बाँसघारीमा मुखमाकपडा कोचिएको तथा हातखुट्टा बाँधिएको र अचेत अवस्थामा फेला परेपछि उद्धार गरिएको थियो ।


मोरङ कटहरी गाउँपालिका-२ का २० वर्षीय महमद रमजान, १९ वर्षीय सुनिलकुमार साह र भारत बिहार राज्य अररिया घर भई हाल कटहरी-२ बसी ग्यारेजमा काम गर्ने १८ वर्षीय महमद गुल्जरलाई प्रहरीले  अपहरण, शरीर बन्धक राखी ज्यान मार्ने उद्योग गरी जबरजस्ती करणी मुद्दामा कारबाही प्रक्रिया अघि बढाएको  मोरङ  प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।


कटहरी गाउँपालिका–२ कदमगछियाकी ५२ वर्षीया शान्ति ऋषिदेवले उनलाई बाँसघारीको बीचमा देखेपछि गाउँलेलाई बोलाएर ल्याएकी थिइन् । त्यसपछि स्थानीयले प्रहरी बोलाएर उनको उद्धार गरेका थिए । 

कान्तिपुर संवाददाता

Link copied successfully