१ सय २६ यात्रु लिएर पोखरा आइपुग्यो सिचुवानको जहाज

चीनको छेङ्दुबाट १ सय २६ यात्रु बोकेर सिचुवान एयरलाइन्सको जहाज बिहिबार विहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएको छ ।

पुस ११, २०८१

दीपक परियार

A ship from Sichuan arrived in Pokhara with 126 passengers

पाेखरा — चीनको छेङ्दुबाट १ सय २६ यात्रु बोकेर सिचुवान एयरलाइन्सको जहाज विहिबार विहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएको छ । पोखरामा सिचुवानको यो तेस्रो चार्टर उडान हो । फेवा तालमा पुस १४ र १५ मा हुने दोस्रो अन्तर्राष्ट्रिय ड्रागन बोट रेसमा सहभागी हुने १ सय २६ जनाको चिनियाँ टोलीलाई लिएर न्यारोबडी जहाज आएकाे हाे ।

जनवरी १० मा पोखरा विमानस्थल उद्घाटन भएको दुई वर्ष पुग्दै छ । उक्त अवधिमा हालसम्म ७ वटा चार्टर्ड र ३ अन्य अन्तर्राष्ट्रिय उडान भएका छन् । यसअघि चीन, भुटान र भारतबाट चार्टर उडान भएका थिए । सन् २०२३ जनवरी १ मा विमानस्थल उद्घाटन हुँदा हिमालयन एयरलाइन्सको जहाजले काठमाडौंबाट अन्तर्राष्ट्रिय मापदण्डमा पोखरा उडान भरेको थियाे । 

दीपक परियार परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully