संविधान संशोधनका लागि सबै दलहरूसँग छलफल हुन्छ : उपप्रधानमन्त्री सिंह

पुस १०, २०८१

कान्तिपुर संवाददाता

Discussions are held with all parties to amend the constitution: Deputy Prime Minister Singh

काठमाडौँ — उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधान संशोधनका विषयमा सबै राजनीतिक पार्टीहरूसँग छलफल गर्ने बताएका छन् । रुपन्देहीमा बुधबार आयोजित कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपप्रधानमन्त्री सिंहले संविधान संशोधनका लागि कांग्रेस र एमालेले आन्तरिक रूपमा काम  गरिरहेको बताएका हुन् ।

'सबै दलहरूसँग छलफल गरेर नै संविधान संशोधनको प्रक्रिया अगाडि बढ्छ,' उनले भने । दुई पार्टीबीच बनेको संयन्त्रले संविधान संशोधनका विषयमा छलफल गरिरहेको र त्यसमा विज्ञहरूलाई थप्ने तयारी रहेको पनि बताइएको छ ।

उपप्रधानमन्त्री सिंहले रुपन्देहीमा सियारी पर्यटन करिडोरको शिलान्यास र दयानगर दानव लिफ्ट सिञ्चाई योजनाको उद्घाटन पनि गरेका छन् । पर्यटन करिडोर र लिफ्ट सिञ्चाइ आयोजनाले सियारी गाउँपालिकाका नागरिकको आर्थिक अवस्था  परिवर्तन गराउने उनले  विश्वास व्यक्त गरेका छन् । 

लिफ्ट सिञ्चाई आयाोजनाले १०५ हेक्टर क्षेत्रफलमा सिञ्चाई सुविधा हुनेछ । सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले कृषकको चाहनाअनुसार पालिकाले काम गरिरहेको बताएका छन् । 

कान्तिपुर संवाददाता

Link copied successfully