काठमाडौँ — कान्तिपुर दैनिकका उपसम्पादक शिव पुरीका बुवा पूर्णबहादुर पुरीको ८७ वर्षको उमेरमा निधन भएको छ ।
लामो समयदेखि मस्तिष्कघातबाट पीडित पुरीको घरमै उपचाररत अवस्थामा आइतबार राति १० बजे निधन भएको हो । उनको सोमबार बिहान चन्द्रपुर–५ स्थित श्रीकृष्ण प्रणामी धार्मिक वनमा अन्तिम संस्कार गरिएको छ ।
रौतहटको चन्द्रपुर नगरपालिका–४ चन्द्रपुरमा १९९४ सालमा जन्मिएका पुरीका श्रीमती, २ छोरा र २ छोरी छन् ।
