काठमाडौँ — प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले नेपाल संस्कृत, कृषि तथा वन विज्ञान र पोखरा विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन् । नेपाल संस्कृत विश्वविद्यालयमा प्रा.डा. धनेश्वर नेपाल, कृषि तथा वन विज्ञान विश्वविद्यालयमा प्रा.डा. शारदा थपलिया र पोखरा विश्वविद्यालयमा प्रा.डा. वेदराज केसीलाई उपकुलपतिमा नियुक्ति गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नेपाल कांग्रेस, केसी र थपलिया एमालेनिकट प्राध्यापक हुन् । केसी एमालेनिकट नेपाल प्रगतिशील प्राध्यापक संगठन अध्यक्षसमेत हुन् । सत्ता गठबन्धनमा माघदेखि उपकुलपति रिक्त हुन काठमाडौं विश्वविद्यालय र संस्कृतमा कांग्रेस तथा कृषि र पोखरामा एमाले कोटाबाट उपकुलपति नियुक्त गर्ने सहमति भएको स्रोतले जनायो ।
छनौट सिफारिस समितिले नाम सिफारिस गरेपछि प्रधानमन्त्री ओलीले उपकुलपतिमा नियुक्ति गरेका हुन् । छनौट तथा सिफारिस समितिले प्रतिस्पर्धाको आधारमा उपकुलपति नियुक्त गर्ने भन्दै कार्यविधि जारी गरे पनि तजबिजको आधारमा दिने अंक बढी राखिएको भन्दै आलोचना हुँदै आएको छ ।
