काठमाडौँ — क्रिकेटको रोमान्चक खेल यात्रामा आज सुदूरपश्चिम रोयल्सको फाइनल यात्रा देखि त्रिविको जग्गा हिनामिना गर्ने जो कोही भएपनि कारबाही गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइसम्म आज समाचारको केन्द्रमा रहे ।
विनोद भण्डारी भण्डारीको अर्धशतकले सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनलमा पुगेको छ । जनकपुर बोल्ट्सलाई ८ विकेटले पराजित गरेर सुदूरपश्चिम रोयल्स पुगेको हो ।
भण्डारीको अर्धशतकले सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा
प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्विविद्यालयको जग्गा तथा सम्पत्ति खोजविन आयोगको प्रतिवेदन बुझ्दै जग्गा हिनामिना गर्ने जो कोही भएपनि कानूनबमोजिम कारबाहीको दायरामा ल्याइने बताएका छन् । उनले आयोगको सिफारिसबमोजिम सरकारले कारबाही अघि बढाउने बताएका छन् ।
'आयोगले अध्ययन गर्न नभ्याएका र नसकेका क्षेत्रलाई पनि थप अध्ययन गरेर खोजिने छ। आयोगबाट सिफारिस भएका विषयलाई तत्काल कार्यान्वयन गर्दै खोज्न बाँकी विषयमा थप अध्ययन गरिनेछ । हात हालेपछि यसलाई टुंगोमा पुर्याएरै छाडिने छ,' ओलीको भनाइ छ ।
त्रिविको जग्गा हिनामिना गर्ने जो कोही भए पनि कारबाही हुन्छ : प्रधानमन्त्री ओली
विवादास्पद व्यापारी दुर्गा प्रसाईंको यतिवेला थुनामा छन् । यिनै प्रसाइले बैंकविरुद्ध अदालतमा रिट दायर गरेका थिए । उच्च अदालत विराटनगरको इलाम इजलासले मंगलबार उनको रिट खारेज गरिदिएको हो । यससँगै उनले बैंकबाट लिएको ऋण असुल्न बैंकहरूलाई सहज भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले शंकरप्रसाद शर्मालाई भारतका लागि राजदूत नियुक्त गरेका छन् । त्यस्तै राष्ट्रपति पौडेलले मलेसियाका लागि पनि नेत्रप्रसाद तिम्सिनालाई राजदूतमा नियुक्त गरेका छन् । शर्मा दोस्रो पटक भारतका लागि राजदूत बन्दैछन् । त्यसका लागि भारत सरकारलाई पत्राचार गरिएको ७८ दिनपछि ‘एग्रिमो’ प्राप्त भएको हो ।
