पत्रकार महासंघमा पहिलो पटक महिला नेतृत्व 

अध्यक्षमा निर्मला शर्मा निर्वाचित

मंसिर ३०, २०८१

कान्तिपुर संवाददाता

For the first time, women lead the Federation of Journalists

काठमाडौँ — नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा निर्वाचित भएकी छन् । नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त व्यावसायिक प्यानलबाट उम्मेदवारी दिएकी शर्मा अध्यक्षमा निर्वाचित भएको आइतबार राति केन्द्रीय निर्वाचन समितिले घोषणा गरेको हो । 

अध्यक्षमा निर्वाचित शर्माले ४ हजार २८२ मत प्राप्त गरिन् भने उनको निकटतम् प्रतिद्वन्द्वी रमेश विष्टले ३ हजार २०३ हजार मतमात्र पाए । विष्टले प्रेस सेन्टर नेपाल, प्रेस युनियन असन्तुष्ट समूह लगायत संगठनबाट श्रमजीवी पत्रकारको प्यानल खडा गरेर चुनाव लडेका थिए ।  

यस्तै वरिष्ठ उपाध्यक्षमा ४२ सय ३० मत ल्याएर दीपक आचार्य विजयी भए भने निकटतम प्रतिद्वन्द्वी रोशन पुरीले २ हजार ८८६ मत प्राप्त गरे ।  त्यस्तै उपाध्यक्ष महिलातर्फ नितु पण्डित विजयी भएकी छन् । उनले ४ हजार ७०५ मत पाएको निर्वाचन समितिका संयोजक प्राध्यापक चिरञ्जीवी खनालले जनाए ।

समावेशी उपाध्यक्ष उमेद बागचन, उपाध्यक्ष नितु पण्डित, महासचिव रामप्रसाद दाहाल, सचिव रमेश खतिवडा, महिला सचिव सोनी शर्मा, जनजाती सचिव सविन प्रियासन, मधेश सचिव अशोक तिवारी, दलित सचिव प्रकाश धौलाकोटी, एसोसिएट बैकुण्ठराज पराजुली, कोषाध्यक्ष रामकृष्ण अधिकारी निर्वाचित भएका छन् । 

पत्रकार महासंघको २७औं महाधिवेशनअन्तर्गत  नयाँ नेतृत्व चयनका लागि शुक्रबार केन्द्रीय समिति, १० प्रदेश समिति, ७६ जिल्ला शाखा र ४१ प्रतिष्ठान शाखाको नेतृत्व चयनका लागि निर्वाचन भएको हो । 

कान्तिपुर संवाददाता

Link copied successfully