कान्तिपुर शाखामा सुरज कुँवरको नेतृत्वमा नयाँ कमिटी 

मंसिर २८, २०८१

कान्तिपुर संवाददाता

A new committee headed by Suraj Kunwar in Kantipur branch

काठमाडौँ — नेपाल पत्रकार महासंघ कान्तिपुर प्रतिष्ठान शाखाले कान्तिपुर दैनिकका सुरज कुँवरको नेतृत्वमा नयाँ कमिटी चयन गरेको छ । शुक्रबार सम्पन्न निर्वाचनले उपाध्यक्षमा बुद्धिसागर मरासिनी, महिला उपाध्यक्षमा लक्ष्मी भण्डारी र सचिवमा उपेन्द्रराज पाण्डेयलाई चुनेको छ ।

त्यसैगरी सहसचिवमा कुलप्रसाद भट्टराई, समावेशी सहसचिवतर्फ राजु चौधरी र कोषाध्यक्षमा यज्ञ बञ्जाडे चुनिएका छन् । त्यस्तै कार्यसमिति सदस्यमा आरती बराल, लक्ष्मीनारायण महर्जन, शुभरत्न शाक्य, पृथ्वीराम श्रेष्ठ, रामकृष्ण श्रेष्ठ, लेखनाथ पन्त र राजकुमार पौडेल चुनिएका छन् । 

A new committee headed by Suraj Kunwar in Kantipur branchत्यस्तै शाखाले महासंघको सर्वोच्च निकायका रूपमा रहेको केन्द्रीय परिषद्‌ सदस्यमा अनिल गिरी, सुरेशराज न्यौपाने र गंगा बीसीलाई चयन गरेको छ । त्यस्तै प्रदेश परिषद्‍मा रोशन साँवा, जनकराज सापकोटा, स्वरूपराज आचार्य र भूमिश्वर पौडेल निर्वाचित भएका छन् । 

थापाथलीस्थित कान्तिपुर मतदान केन्द्रमा बुधबार प्रदेश र केन्द्रका लागि कान्तिपुर प्रतिष्ठान शाखा, रेडियो कान्तिपुर  र कान्तिपुर टिभीका गरी जम्मा मतदाता ९७ रहेकोमा ६३ मत खसेको थियो । 

कान्तिपुर

Link copied successfully