रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति 

मंसिर २७, २०८१

दीपक परियार

Ravi Lamichhane is allowed to be detained for 5 more days for investigation

पोखरा — सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा रास्वपा सभापति रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ । 

बिहीबार न्यायाधीश चन्द्रकान्त पौड्यालको इजलासले उस्तै कसुरमा पक्राउ परेका गोर्खा मिडिया नेटवर्कका पूर्वसञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङलाई समेत म्याद थप गरेको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । 

अनुसन्धानका क्रममा लामिछानेलाई यसअघि रुपन्देही, काठमाडौं, चितवन र पर्सा पुर्‍याएर बयान लिएको थियो । लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ । उनी कात्तिक २ मा काठमाडौंबाट पक्राउ परेका थिए । 

हिरासतमा राखेर अनुसन्धानका लागि अब ९ दिन बाँकी रहेकोमा प्रहरीले अर्कोपल्ट अभियोगपत्र लैजानै तयारी गरेको छ ।    

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully