चीनका लागि नेपाली राजदूत ओलीले बुझाए चिनियाँ राष्ट्रपति सीसमक्ष ओहदाको प्रमाणपत्र

मंसिर २७, २०८१

कान्तिपुर संवाददाता

Nepali Ambassador to China Oli presented the certificate of status to Chinese President Xi

काठमाडौँ — चीनका  लागि नेपाली राजदूत कृष्णप्रसाद ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसमक्ष ओहदाको प्रमाणपत्र बुझाएका छन् । बिहीबार बेइजिङस्थित ग्रेट हल अफ पिपुलमा आयोजित एक समारोहबीच राजदूत ओलीले ओहदाको प्रमाणपत्र  बुझाएका हुन् । 

राजदूत ओलीसँगै विभिन्न २९ मुलुकका राजदूतहरूले समेत चिनियाँ राष्ट्रपति सीसमक्ष ओहदाको प्रमाणपत्र बुझाएको बेइजिङस्थित नेपाली राजदूतावासले जनाएको छ । समारोहमा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीको पोलिट्बयुरो सदस्य वाङ यीलगायतका उच्चपदस्थ चिनियाँ अधिकारीहरूको उपस्थिति थियो  ।

समारोहमा चिनियाँ राष्ट्रपति सीले राजदूतहरूलाई शुभकामनाका साथै सफल कार्यकालको कामना गरेका थिए । ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले कात्तिक २५ गते चीनको राजदूत नियुक्त गरेका थिए । 

कान्तिपुर

Link copied successfully