काठमाडौं गुर्खाजद्वारा जनकपुरसामु १ सय २ रनको लक्ष्य

मंसिर २७, २०८१

कान्तिपुर संवाददाता

A target of 120 runs by Kathmandu Gurkhas against Janakpur

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बिहीबारको दोस्रो खेलमा काठमाडौं गुर्खाजले जनकपुर बोल्ट्ससामु जितका लागि १ सय २ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको काठमाडौंले १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर १ सय १ रन बनाएको हो । 

काठमाडौंका लागि गेरहार्ड इरास्मसले सर्वाधिक २० रन बनाए । सो क्रममा उनले २ चौकासमेत प्रहार गरे । कप्तान करण केसीले १९ र स्टिफन एस्किनाजी १७ रनबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।

काठमाडौंको लागि शाहब आलम र माइकल लेविटले समान ८/८, रासिद खानले ७, प्रतिक श्रेष्ठले ६, भीम सार्कीले ४ र डेन डउथवेटले १ रन बनाए । यो खेलमा काठमाडौंले अतिरिक्त ११ रन पाएको छ । 

जनकपुरका लागि ललित राजवंशी र शेर मल्लले सर्वाधिक समान ३/३ विकेट लिए । यस्तै, मोहम्मद मोहसिनले २, अर्निको यादव र किशोर महतोले १/१ विकेट हात पारे । अहिले जनकपुर बोल्ट्सले जवाफी ब्याटिङ गरिरहेको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully