दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधमा मुद्दा दर्ता, साढे ७ वर्ष कैद माग

मंसिर २६, २०८१

कान्तिपुर संवाददाता

Cyber ​​crime case registered against Durga Prasai, 7 and a half years imprisonment demanded

काठमाडौँ — विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले प्रसाईंविरुद्ध साइबर अपराधमा मुद्दा दर्ता गरेको हो । उनलाई साढे ७ वर्ष कैद गर्न माग गरिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले मुद्दा अभियोजन गरेका हुन् ।

'प्रसाईंविरुद्ध विद्युतीय कारोबारमा मुद्दा दर्ता भएको छ । यो भन्दा अगाडि पनि मुद्दा चलेको हुनाले कानुनी व्यवस्थाभन्दा डेढी सजाय हुने व्यवस्थाअनुसार मुद्दा दर्ता भएको छ । सो व्यवस्थाअनुसार साढे ७ वर्ष कैद माग गरिएको छ,' कटुवालले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा पैसा जम्मा गरेको भन्दै प्रसाईंले अफवाह फैलाएका थिए । 

प्रसाईंको थुनछेक बहस बिहीबार हुनेछ । प्रसाईंविरुद्ध संगठित अपराधमा पनि अनुसन्धान भइरहेको छ ।

कान्तिपुर

Link copied successfully