एमाले नेता भट्टराईको नेतृत्वको ११ सदस्यीय टोली चीन जाँदै

मंसिर २०, २०८१

कान्तिपुर संवाददाता

An 11-member team headed by UML leader Bhattarai is going to China

काठमाडौँ — एमालेका पोलिटब्युरो सदस्य खिमलाल भट्टराई नेतृत्वको टोली विपद्सम्बन्धि अध्ययन भ्रमणका क्रममा बिहीबार चीनतर्फ जाने भएको छ । इन्जिनियरहरू संलग्न रहेको टोलीलाई एमाले महासचिव शंकर पोखरेलले बिहीबार पार्टी कार्यालयमा बिदाइ गरे ।

क्वीङहाई प्रान्तकाे राजधानी जिनिङमा मा उनीहरुले अध्ययन र अवलोकन भ्रमण गर्नेछन् । सिचुवान प्रान्तकाे छेन्दुमा पनि केही भेटघाट गर्ने टोलीका संयोजक भट्टराईले जानकारी दिए 

कान्तिपुर

Link copied successfully