नेपाल र चीनबीच ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा हस्ताक्षर

मंसिर १९, २०८१

कृष्ण आचार्य

Signing of 'BRI Cooperation Framework' between Nepal and China

बेइजिङ — बेइजिङमा नेपाल र चीनका उच्च अधिकारीहरूबीच चलेको अनौपचारिक दुई दिने वार्तापछि अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीकै चीन भ्रमणका क्रममा ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा हस्ताक्षर भएको छ । योसँगै अब नेपालले चीनले अघि बढाएको र सन् २०१७ मा हस्ताक्षर गरेको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) लाई आधिकारिक रूपमा अघि बढाउने पक्का भएको छ ।

‘अनुदान’ शब्द राख्ने कि नराख्ने भन्ने विषयमा मत नमिलेपछि मंगलबार नेपालका प्रधानमन्त्री ओली र चीनका प्रधानमन्त्री ली छ्याङबीचको द्विपक्षीय वार्तालगत्तै  हुन नसकेको उक्त फ्रेमवर्कमाथि बुधबार फेरि हस्ताक्षर भएको हो ।

Signing of 'BRI Cooperation Framework' between Nepal and China ‘सोमबार बिहानदेखि चलेको द्विपक्षीय अनौपचारिक वार्ता मंगलबार आएर सकियो । र, दुवै पक्ष बीआरआई सहकार्य फ्रेमवर्कमा हस्ताक्षर गर्न सहमत भएका हुन्,’ चिनियाँ टोलीसँग संवादमा लागेका एक उच्च सरकारी अधिकारीले कान्तिपुरसँग भने, ‘सुरुआतमा नेपाली पक्षले ‘ग्रान्ट फाइनान्सिङ कोअपरेसन मोडालिटी’ भन्ने उक्त फ्रेमवर्कको मस्यौदामा राखेको थियो । त्यसपछि चिनियाँ पक्षले ग्रान्ट शब्द हटाएर ‘असिन्टेन्ट फाइनासिङ मोडालिटी’ मात्रै राखेर मस्यौदा नेपाललाई फर्कायो । तर अन्त्यमा नेपाली पक्षले ग्रान्ट वा असिन्टेन्ट भन्दा पनि ‘एड असिन्टेन्स फाइनासिङ’ राखेर प्रस्ताव गरेको थियो । त्यसैमा आएर सहमति भएको हो ।’

चिनियाँ पक्षसँगको सहमतिका लागि भ्रमण दलमा रहेका प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाकार र परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपालको तर्फबाट संवाद गरेका थिए । चिनियाँतर्फबाट भने विदेश मन्त्रालयका उच्च अधिकारीहरू सामेल थिए । 

कृष्ण आचार्य डेढ दशकभन्दा लामाे समयदेखि पत्रकारितामा सक्रिय कृष्ण आचार्य कान्तिपुर दैनिकका समाचार सम्पादक हुन् ।

Link copied successfully