चितवन — सहकारी ठगी अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बयान भइरहेका बेला जिल्ला प्रहरी कार्यालय चितवन अगाडि प्रदर्शन भएको छ ।
लामिछानेको समर्थनमा भएको प्रदर्शनमा बुधबार प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको छ । प्रहरीले लामिछानेसँग बयान लिइरहेका बेला रास्वपाका नेता, कार्यकर्ता र समर्थकहरूले भरतपुर अस्पताल रोडमा विरोध प्रदर्शन गरेका थिए ।
लामिछानेको समर्थनमा भएको प्रदर्शनमा सहभागीले 'रवि दाइलाई रिहा गर' लगायतका नारा लगाएका छन् ।
प्रदर्शनकारी जिल्ला प्रहरी कार्यालय अगाडि पुगेपछि प्रहरीले पानीको फोहोरा हानेको थियो । त्यसले पनि प्रदर्शनकारी अगाडि बढ्न नरोकिएपछि अश्रुग्यास हानेको हो ।
