कीर्तिपुर नगरपालिकाको प्रमुखमा कांग्रेसका डंगोलको अग्रता कायमै

मंसिर १७, २०८१

कान्तिपुर संवाददाता

Dangol of Congress continues to be the head of Kirtipur municipality

काठमाडौँ — कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका कृष्णमान डंगोलको अग्रता कायम छ । 

आइतबार भएको उपनिर्वाचनको जारी मतगणनामा डंगोलले ७८९ मत ल्याउँदा नेकपा एमालेका सुरेन्द्र मानन्धर ६६६ मतसहित पछ्याइरहेका छन् ।

नेकपा माओवादी केन्द्रका शिवशरण महर्जनले ४६५, स्वतन्त्र उम्मेदवारहरू राजमान महर्जनले ४१८, दिनेशकुमार अधिकारीले २३६, कविकुमार महर्जनले ५८, राप्रपाका ध्रुब महर्जनले ११९, नेकपा एकीकृत समाजवादीका भानु रिजालले २२ मत पाएका छन् । 

कान्तिपुर

Link copied successfully