चीनले पहिले गरेका प्रतिबद्धतालाई बीआरआई अन्तर्गत अनुदान दिँदा राम्रो हुन्छ : पूर्वपरराष्ट्रमन्त्री महत

मंसिर ५, २०८१

कान्तिपुर संवाददाता

It would be better if China grants the commitments made earlier under BRI: Former Foreign Minister Mahat

काठमाडौँ — कांग्रेस प्रवक्ता एंव पूर्वपरराष्ट्रमन्त्री प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा चीनले लामो समयदेखि गरिरहेका प्रतिबद्धताहरूलाई अनुदानको रुपमा दिँदा उपयुक्त हुने बताएका छन् ।प्रधानमन्त्रीको भ्रमणको विषयका काुराकानी गर्दै उनले नेपाललाई वार्षिक रुपमा गरेका प्रतिबद्धता अनुसार दिए राम्रो हुने उल्लेख गरे ।

 प्रधानमन्त्री केपी शर्मा ओलीले यहि मंसिर १७ देखि २१ सम्म चीनको औपचारिक भ्रमण गर्दैछन् । उक्त भ्रमणलाई लिएर नेपालमा अहिले गृहकार्य चलिरहेको छ । 

'नेपाली कांग्रेस स्पष्ट छ । हामीले पहिले नै बीआरआईमा अनुदान लिने भनेका छौं । हाम्रो अर्थतन्त्रको अवस्थालाई हेर्दा अनुदानलाई नै स्वीकार गर्ने हो । चीनले लामो समयदेखि नेपाललाई वार्षिक रुपमा प्रतिबद्धता गरिरहेको छ, त्यहि पहिले गरेका प्रतिबद्धतालाई बीआरआई अन्तर्गत अनुदान दिँदा पनि हुन्छ' पूर्वपरराष्ट्रमन्त्री महतले कान्तिपुरसँग भने ।

नेपाललाई अनुदान दिने विषय चीन सकारात्मक रहेको आफूले पाएको उनले बताए । 'अहिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ‘रनिङ कस्ट’ उठ्न सकेको छैन । त्यसैले पनि हामीले चीनलाई उक्त विमानस्थलको ऋणलाई अनुदानमा बदल्नको लागि प्रस्ताव गर्ने योजना छ' महतले भने । 

कान्तिपुर

Link copied successfully