रवि वासिङ मेसिनमा तीनपटक धोएजस्तो कुरा गर्थे, छानबिन समितिले त चार जनाको नामै किटान गर्‍यो : प्रधानमन्त्री ओली

कार्तिक २९, २०८१

कान्तिपुर संवाददाता

Ravi used to talk as if he had washed three times in the washing machine, the investigation committee named only four people: PM Oli

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले संसदीय छानबिनन समितिले कार्बाही गर्न नाम नै तोकेर सिफारिस गरेपछि नै पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धानको प्रक्रिया अघि बढेको बताएका छन् ।

कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको कान्तिपुर कन्क्लेभ २०२४ को अन्तिम सत्रमा प्रधानसम्पादक उमेश चौहानले सञ्चालन गरेको 'प्रधानमन्त्रीसँग परिसंवाद' सत्रमा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले सुरूमा सहकारीमा ठगी गरेको आशंका समेत नलागेको उल्लेख गरे । 

‘उनले सहकारीमा यत्रो गरेका छन् भन्ने विश्वास त के, आशंका पनि थिएन । वाशिङ मेशिसनमा तीनपटक धोएको जस्तो कुरा गर्थे,’ ओलीले भने,'तर सहकारी छानबिन समितिले त चारजना जनालाई तोकेर नै छानबिन गर भन्यो ।'

‘संसदीय समितिले कारवाही गर्न नाम तोकेर सिफारिस गर्यो । प्रतिवेदन सरकारकालाई दियो । त्यसपछि गृहमन्त्रालय र प्रधानमन्त्री कार्यालयले पायो । त्यसपछि व्यूरोक्रेसीमा गयो । छानबिन अध्ययन सुरू भएपछि गिरफ्तार र कारवाही गर्नुपर्ने अवस्था सम्मानित अदालतले दियो,’ प्रधानमन्त्री ओलीले भने । 

कान्तिपुर

Link copied successfully