प्रदेश र स्थानीय तहलाई थप बलियो बनाउनुपर्छ : दाहाल

कार्तिक २८, २०८१

कान्तिपुर संवाददाता

Provincial and local levels should be strengthened: Dahal

काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय सरकारलाई थप बलियो बनाउन अधिकार दिनुपर्ने बताएका छन् ।

बुधबार कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको कान्तिपुर कन्क्लेभ–२०२४’ अर्न्तगतको ‘प्रचण्डपथ : सडक कि सत्ता ?’ बिषयक सत्रमा बोल्दै उनले प्रदेशलाई अझ अधिकार सम्पन्न बनाउँदै स्वायत्त क्षेत्र बनाउनुपर्ने धारणा राखे ।

सत्तारुढ कांग्रेस र एमाले प्रदेश र स्थानीय तहलाई अधिकार दिन तयार नभएको उनको आरोप छ । ‘माओवादी पनि विभाजित भएर कमजोर भयो । क्रान्ति र परिवर्तन ल्याउने माओवादी एकताबद्ध हुन नसक्नु दुर्भाग्य भयो,’ उनले भने, ‘यही मौकामा एकथरि मान्छे प्रदेश नै खारेज गर्नुपर्छ भनेर लागेका छन् ।’

उनले संविधान, संघीयता लगायत परिवर्तनको रक्षाका लागि माओवादीले सडक र सत्ताबाट संघर्ष गर्ने उनले बताए । ‘१२२ पालिकामा माओवादीको नेतृत्व छ । संसद्‌मा ३२ सिट छ । यो सत्ता हो,’ उनले भने, ‘माओवादी प्रतिपक्षमा छ । सडकबाट पनि खबरदारी गछौं । जनतामा रमाएका छौं । सत्ता बनाउने र भत्काउने खेलमा लाग्दैंनौं ।’

कान्तिपुर कन्क्लेभ

कान्तिपुर

Link copied successfully