बिमा प्राधिकरणद्वारा बाढीपीडितका लागि एक करोड रुपैयाँ सहयोग

कार्तिक ८, २०८१

कान्तिपुर संवाददाता

One crore rupees assistance for flood victims by insurance authority

काठमाडौँ — बाढीपहिरो र डुबानबाट प्रभावितहरूको राहत र पुनर्निर्माणका लागि नेपाल बीमा प्राधिकरणले एक करोड रुपैयाँ सहयोग गरेको छ । 

प्राधिकरणका पदाधिकारीहरूले बिहीबार उक्त रकम प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत् प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् । 

प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले प्रधानमन्त्री ओलीलाई सो रकमको चेक हस्तान्तरण गरेका थिए । 

बाढीपहिरो

कान्तिपुर

Link copied successfully