प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको 'राष्ट्रिय उद्धार यात्रा'को शुभारम्भ 

आश्विन २६, २०८१

कान्तिपुर संवाददाता

Inauguration of 'National Rescue Yatra' of Manavseva Ashram by the Prime Minister

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र निर्माणको लक्ष्यका साथ मानव सेवा आश्रमद्वारा सञ्चालित मेची महाकाली राष्ट्रिय उद्धार यात्रा,२०८१ को शनिबार शुभारम्भ गरेका छन् । 

प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा सो अभियानलाई प्रधानमन्त्री ओलीले शुभकामना दिँदै मानवता सर्वोच्च धर्म भएकोले यस प्रकारको यात्रामा कुनै समस्या परेमा आफू जस्तोसुकै सहयोग गर्न तयार हुने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले पहिला मानवता, त्यसपछि देश भन्ने भावनालाई बोक्न आग्रह गर्नुभयो ।

प्रथम महिला राधिका शाक्य, पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, गायिका आनी छोइङ डोल्मासमेत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले यात्रामा सहभागीहरूलाई दसैंको टीका प्रदान गरेका थिए । 

आश्रमका अध्यक्ष रामजी अधिकारीले कसैले पनि अनाथ भएर बस्नु नपरोस् भन्ने ध्येयले यात्रा आरम्भ गरिएको जानकारी दिए । सो यात्रा आगामी कार्तिक २८ गतेसम्म सञ्चालन हुनेछ ।

कान्तिपुर

Link copied successfully