भौतिक पूर्वाधार मन्त्रालयद्वारा क्षतिग्रस्त सडकको निरीक्षण

आश्विन १७, २०८१

कान्तिपुर संवाददाता

Inspection of damaged roads by Ministry of Physical Infrastructure

काठमाडौँ — बाढी तथा कटानले क्षतिग्रस्त बनेको बीपी राजमार्गको मुख्य मुख्य भागको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको टोलीले निरीक्षण गरेको छ । केही दिनअघिको बाढीले क्षतिग्रस्त उक्त राजमार्गको बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीहरूले निरीक्षण गरेका छन् ।

मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरी पोखरेल, संघीय सडक सपुरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौका प्रमुख शुभराज न्यौपाने तथा नेपाली सेनाको विकास निर्माण निर्देशनालयका धर्मेन्द्रकुमार झासहितको टोलीले खुर्कोट पुलसम्म हवाई निरीक्षण गरेको हो । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल तथा रक्षा मन्त्री मानवीर राई विच सडक मर्मत र पुननिर्माणलाई गति दिन दुवै मन्त्रालयबीच सहकार्य गर्ने विषयमा छलफल भएपछि सचिव तथा प्राविधिकहरुको टोलीले क्षतिग्रस्त क्षेत्रको निरीक्षण गरेको हो ।

बाढीले राजमार्गमा ठूलो नोक्सानी पुर्‍याएको र अब मर्मत र पुनर्निर्माणलाई गति दिन थप श्रोत, प्राविधिक तथा जनशक्ति परिचालन गर्ने निरीक्षणपछि फर्किएको टोलीले जनाएको छ । 

कान्तिपुर

Link copied successfully